Power of Attorney


अधिकृत वारिसनामा

यस राजदूतावासबाट अधिकृत वारिसनामा प्रमाणित गर्न आउँदा देहायबमोजिमका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

  1. नेपाली कागजमा रीतपूर्वक सफासँग लेखिएको अधिकृत वारिसनामाको लिखत थान-२
  2. नेपाली राजदूतावास, अबुधाबी, युएईलाई सम्बोधन गरी नेपाली कागजमा लेखिएको निवेदन लिखत थान-१
  3. जग्गाधनी प्रमाणपूर्जाको सक्कल (जग्गामा घर वा टहरो निर्मित भएमा नक्शा पास गरेको प्रमाणित प्रतिलिपि समेत संलग्न हुनुपर्ने) ।
  4. अधिकृत वारिसनामा दिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा राहदानीको सक्कल।
  5. अधिकृत वारिसनामा लिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा नक्कल (नक्कल प्रति Notarized हुनुपर्ने)।
  6. अधिकृत वारिसनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको फोटो थान-२
  7. अधिकृत वारिसनामा दिने व्यक्तिको युएईको वैध भिसा सहितको राहदानी वा सोको नक्कल
  8. अधिकृत वारिसनामा दिने व्यक्तिको युएईको Emirates ID वा सोको नक्कल
  9. मुद्दा दर्ता भएको भए मुद्दा दर्ता भएको कागज (सक्कल वा Notarized Copy)
  10. सम्बन्ध विच्छेद सम्बन्धी वारिसनामा भए विवाह दर्ताको सक्कल वा Notarized Copy
  11. अंशवण्डा तथा लेनदेन विषयको मुद्दा भए सोसँग सम्बन्धित सक्कल कागजात वा Notarized Copy
  12. साक्षी बस्ने दुवै जना व्यक्तिको नागरिकता प्रमाणपत्रको Notarized Copy
  13. अधिकृत वारिसनामा तयार गर्ने अधिवक्ताको परिचयपत्रको Notarized Copy
  14. अधिकृत वारिसनामाको निवेदनका साथ दस्तुर दिरहाम ३७० (तीन सय सत्तरी दिरहाम) नगद बुझाउनु पर्नेछ र सोको रसिद अनिवार्य रूपमा लिनु पर्नेछ।
  15. अधिकृत वारिसनामा दिने व्यक्ति स्वयं उपस्थित भई निवेदन दिनु पर्ने।
  16. उपर्युक्त बमोजिम रीत पूरा नभएको अधिकृत वारिसनामा प्रमाणित हुन नसक्ने भएकोले नेपालबाट अधिकृत वारिसनामाको कागजात तयार भइसकेपछि उक्त सक्कल कागजातहरू युएई ल्याउनुअघि यस राजदूतावासको WhatsApp No. +971566079504 (अधिकृत वारिसनामाको लागि मात्र) मा फोटो कपी पठाउनुभई राजदूतावासबाट रुजु गराएपछि मात्र युएई मगाउनुहुन अनुरोध गरिन्छ।
  17. अधिकृत वारिसनामा महामहिम राजदूतज्यू वा उहाँको अनुपस्थितिमा कार्यवाहक राजदूतज्यूबाट मात्र प्रमाणित हुन सक्ने भएकोले अधिकृत वारिसनामा प्रमाणित गर्न आउनुभन्दा पहिले नै अनिवार्य रूपले यस राजदूतावासको उपर्युक्त WhatsApp No. +971566079504 मा सम्पर्क गरी महामहिम राजदूतज्यू वा कार्यवाहक राजदूतज्यूको उपलब्धताबारे जानकारी लिई मात्र राजदूतावासमा आउनुहुन अनुरोध गरिन्छ।

यस राजदूतावासमा प्रमाणीकरणका लागि आउने धेरैजसो अधिकृत वारिसनामाको लिखतमा “दुबईस्थित नेपाली राजदूतावास” लेखी आउने गरेको पाइएको हुँदा “युनाइटेड अरब इमिरेट्स, अबुधाबीस्थित नेपाली राजदूतावास” लेख्नुहुन समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यस राजदूतावासमा आउने सेवाग्राहीको चाप अत्यधिक बढ्दै गएको हुँदा विद्यमान कार्यबोझलाई मध्यनजर गर्दै अधिकृत वारिसनामा (Power of Attorney) प्रमाणीकरणको कार्य मिति २०८१ बैशाख १ (एक) गतेदेखि हप्ताको दुई दिन मंगलबार र शुक्रबार दिउँसो २.०० बजेपछि मात्र गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।