आवागमन प्रतिबन्धसम्बन्धी जरूरी सूचना ।

नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १८ मार्च २०२० को बैठकले युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यराती देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेकोले संयुक्त अरब इमिरेट्समा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू तत्कालका लागि नगर्नुहुन नेपाली राजदुतावास, अबुधाबी अनुरोध गर्दछ ।

साथै, युएइको Federal Authority for Identity and Citizenship को सूचनाअनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि हाल दुईहप्ताका लागि आगमन निषेध गरेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।