प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना

प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना

प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।३१ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम यस दूतावासबाट प्रमाणीकरण गरिने निम्न कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

क्र.सं                              कागजातको प्रकार प्रमाणीकरण दस्तुर प्रति कागजात

(दिरहाममा)

१. शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरु                २०
२. श्रम गन्तव्य मुलुकहरुमा रहेका श्रमिकहरुलाई व्यक्तिगत रुपमा आवश्यक पर्ने साधारण प्रकृतिका सिफारिसहरु                ४०

नेपाली राजदूतावास

अबुधावी संयुक्त अरव इमिरेट्स

 आइतबार, ०६ श्रावण २०७५ तदनुसार २२ जुलाई २०१८