युएइमा रहनुभएका नेपाली दाजूभाइ तथा दिदीबहिनीहरूको जानकारीको लागि

युएइमा रहनुभएका नेपाली दाजूभाइ तथा दिदीबहिनीहरूको जानकारीको लागि

युएइ सरकारले कोरोनाभाइरस (COVID-19) का कारण हाल हवाइ तथा स्थलमार्ग बन्द गरेको अवस्थामा युएइको आवासीय भिसा समाप्त भई र भिजिट भिसामा आई फर्कन नसकेकाहरूका लागि १ मार्च २०२० बाट तीन (३) महिना उक्त भिसाहरू नि:शुल्क नवीकरण हुने प्रावधान ल्याएको छ ।

यसका लागि Amer Call Center को टेलिफोन नम्बर 8005111, 043139999, 045011111 मा र इमेल Amer@dnrd.ae, gdrfa@dnrd.ae मा सम्पर्क गर्नुहुन अनुरोध छ।

साथै, भिसाको सम्बन्धमा Federal Authority for Identity and Citizenship (ICA) का फ्याक्स् 025543883, मोबाईल नंम्बर 0501066099, ल्याण्डलाइन नंम्बर 023128867/023128865, र इमेल Operation@ica.gov.ae मा समेत सम्पर्क गर्नुहुन अनुरोध छ।

कोरोनाभाइरसका कारण नआतिनुहुन र यससँग सम्बन्धित जिज्ञासा एवं सहयोगका लागि निम्नानुसारमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

80011111 (Ministry of Health and Prevention)
8001717 (Medical Operations Command Centre)
800342 (Dubai Health Authority)

नेपाली राजदूतावास,
अबुधाबी ।

२०७६ चैत्र २० ।