राष्ट्रिय दिवस समारोह

 

प्रेस-विज्ञप्ती

नेपालको राष्ट्रिय दिवश २०७३ को अवसरमा नेपाली राजदूतावास, अबुधावी, संयुक्त अरव इमिरेट्सका कार्यवाहक राजदूत श्री नेत्र बहादुर टण्डन र श्रीमती कौशीला टण्डनले मिति २०७३/०६/०५ गते स्थानीय होटलमा एक स्वागत समारोहको आयोजना गर्नुभयो । उक्त समारोहमा प्रमुख अतिथी संय्रक्त अरव इमिरेट्सका परराष्ट्र मन्त्रालयका सहायक मन्त्री महामहिम याकुव अल हुसेनी हुनुहुन्थ्यो । सो समारोहमा तीन दर्जनभन्दा धेरै दूतावासका राजदूतहरू, कार्यवाहक राजदूतहरू, कुटनीतिक पदाधिकारीहरू, परराष्ट्र मन्त्रालयका अधिकृतहरू, नेपाली वुध्दिजिवीहरू, व्यापारी/व्यवसायीहरू, पत्राकारहरू गरी सयौको संख्यामा उपस्थिति थियो ।

स्वागत समारोहमा कार्यवाहक राजदूतले संविधान घोषणा भएको अवसरमा मनाइने राष्ट्रिय दिवस, नेपाल र संयुक्त अरव इमिरेट्स विचको सम्बन्ध, सहयोग र विगत तिन दशकमा संयुक्त अरब इमिरेट्सले सामाजिक र आर्थिक क्षेत्रमा गरेको प्रगतिबारे प्रकास पार्नु भएको थियो ।उहाँले द्विदेशिय सहकार्यले सहयोग, व्यापार, लगानी र पर्यटन जस्ता क्षेत्रहरूको विकास र विस्तार गर्नमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

स्वागत समारोहको सञ्चालन दूतावासका द्वितीय सचिव श्री कृष्ण अर्यालले गर्नु भएको थियो भने दूतावासका कुटनीतिक पदाधिकारीहरू सपरिवार तथा स्थानीय कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

 

अबुधावी, संयुक्त अरव इमिरेट्स
२०७३/०६/०५