राहदानी तयार भई आएको सम्बन्धमा ।

यस दूतावासमा २९ अगष्ट २०१९ (१२ भदौ २०७६) सम्ममा आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भै दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास,
अबुधाबी ।
१५ असोज २०७६ ।