संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि आयोजित “सचेतना कार्यक्रम”

प्रेष-विज्ञप्ती

संयुक्त अरब इमिरेट्समा बसोबासरत नेपालीहरूका लागि योजित सचेतना कार्यक्रम
दुवइ, १० मार्च २०१७

 

नेपाली राजदूतावास, अबुधावीले 10 मार्च 2017 का दिन संयुक्त अरब इमिरेट्सको दुवइमा नेपालीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गर्यो । उक्त सचेतना कार्यक्रममा नेपाली विजनेस काउन्सिल-दुवइ, गैर आवासिय नेपाली संघ-युएइ, युएइमा अनौपचारिक रूपमा क्रियाशिल करिब 70 वटा संघसंस्था/समाजका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहित करिब 300 नेपालीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यवाहक राजदूत श्री नेत्र बहादुर टण्डनले दूतावासको कार्यविधि र पेश गर्नुपर्ने कागजातहरू, युएइमा रहदा नेपालीहरूले पालना गर्नुपर्ने विभिन्न नियम/कानुनहरू, नियम/कानुनको पालना नगर्दा हुन सक्ने समस्याहरू लगायतका विषयवस्तुमा प्रकास पार्नु भएको थियो । कार्यवाहक राजदूत टण्डनले मदिरा सेवन, यौनजन्य गतिविधि, लागू औषध सेवन/कारोवार, विप्रेषण प्रवाह तथा सामाजिक सञ्जालको विवेकशिल प्रयोग जस्ता गहन विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  साथै, वैधानिक बाटोबाट युएइ आउदा श्रमसंग सम्बन्धित धेरै समस्याहरू स्वतः न्युनिकरण हुने समेत वताउनुभयो । यसैगरी, काउन्सेलर (श्रम) श्री भेष बहादुर कार्कीले मागपत्र प्रमाणिकरणसंग सम्बन्धित विषयवस्तुमा विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न सहभागिहरूको प्रश्नको जवाफ दिदै कार्यवाहक राजदूतले नेपाली संघ/संस्था, वुद्धिजिवी, व्यवसायी, सञ्चारकर्मी सवैको सामूहिक प्रयासवाटै सचेतना कार्यक्रमको प्रभावलाइ अधिकांस नेपालीहरूसम्म पुर्याउन सकिने जानकारी गराउनु भयो । दूतावासले पछिल्लो समयमा गरेका श्रमिकमैत्री कार्यहरूको सराहना गर्दै यसलाइ अझै व्यापक वनाउदै मजदूरहरूको निकटसम्म पुग्नुपर्ने सहभागिहरूले वताउनु भएको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ कार्यवाहक राजदूत श्री नेत्र वहादुर टण्डन र द्वितिय सचिव तथा सूचना अधिकारी श्री कृष्ण अर्यालले दिनु भएको थियो ।

श्रम सहचारी श्री हिरा कुमारी यादवले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा द्वितिय सचिव श्री विष्णु कुमारी अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो भने द्वितिय सचिव तथा सुचना अधिकारी श्री कृष्ण अर्यालले धन्यवाद ज्ञापन गर्नु भएको थयो ।

 

नेपाली राजदूतावास
अबुधावी, युएइ

10 मार्च 2017