
११ मे २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना ।
यस दूतावासमा ११ मे २०२० ( २०७७ वैशाख २९) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । २०७७ असार ४ ।