Good Conduct and Behavior Certificate का सम्बन्धमा

जरूरी सूचना

Good Conduct and Behavior Certificate का सम्बन्धमा

संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले ०४ फेब्रुअरी २०१८ देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेकोमा ०१ अप्रिल २०१८ देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा यो प्रावधान हटाएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।
…………………………………………………………………..
नेपाली राजदूतावास
अबुधावी
संयुक्त अरब इमिरेट्स
०१ अप्रिल २०१८