Good Conduct and Behavior Certificate का सम्बन्धमा

Good Conduct and Behavior Certificate का सम्बन्धमा

          संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा नयाँ कामदार भिषा (Employment or Work Visa) मा आउने विदेशी नागरिकहरूले 4 फेब्रुअरी 2018 देखि लागूहुने गरी Good Conduct and Behavior Certificate अनिवार्य रूपमा पेश गर्नु पर्ने नियम लागू गरेको छ । पछिल्लो पाँच बर्षमा नेपाल बाहेकको मुलुकहरूमा बसोबास गरेको भए तत्-तत् मुलुकहरूबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँचबर्ष भन्दा वढि अवधी संयुक्त अरब इमिरेट्समा बसोबासरत भएमा युएइकै प्रहरी निकायले यस्तो प्रमाणपत्र उपलब्ध गराउने छ। तर पछिल्लो पाँच वर्षको अवधिभित्र अन्य मुलुकमा नगएका नेपाली नागरिकहरूको हकमा नेपालबाटै प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाण्डौबाट चालचलन प्रमाणपत्र (Character Certificate) बनाउनुपर्ने तथा उक्त प्रमाणपत्र कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर र काठमाण्डौस्थित युएइको राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । साथै, संयुक्त अरब इमिरेट्समा रहनु भएका नेपाली नागरिकहरूले नेपालमा रहेको अबधिभरको चालचलनको प्रमाणपत्र बनाउनका लागि निजहरूको नजिकको नातेदारले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको चालचलन शाखा, नक्सालमा निम्नानुसारका काजजातसहित निवेदन दिन सकिने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ ।

  • स्पष्टसंग बुझिने गरी भरेको फाराम एक थान (cid.nepalpolice.gov.np बाट डाउनलोड गरी भर्ने)
  • विदेशमा हुने व्यक्तिको राहदानीको पृष्ठ नं. २, ३ र ३१ को प्रतिलिपि एक/एक थान
  • अन्तिम पटक नेपाल छोड्दाको नेपाल अध्यागमनको Departure/Exit Stamp भएको राहदानीको पृष्ठको प्रतिलिपि एक थान
  • नागरिकताको प्रतिलिपि एक थान
  • विवाहित महिलाको हकमा विवाहदर्ता प्रतिलिपि एक थान
  • निवेदकको (विदेशमा हुने व्यक्तिका तर्फबाट निवेदन दिने नजिकको नातेदार) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपि एक थान
  • सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको रंगीन फोटो दुइ प्रति ।

 

नेपाली राजदूतावास
अबुधावी, संयुक्त अरब इमिरेट्स

सोमबार, २२ माघ २०७४ तदनुसार ०५ फेब्रुअरी २०१८