Documents attestation fees with effect from 17 July 2018
प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी जरुरी सूचना
प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।१५ को निर्णयको अनुसूची- २ समूह (क) बमोजिम आर्थिक वर्ष २०७५।०७६ को श्रावण १ गतेदेखि लागू हुने गरी यस दूतावासबाट प्रमाणीकरण गरिने कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
क्र.सं. | कागजातको प्रकार | प्रमाणीकरण दस्तुर प्रति कागजात
(दिरहाम मा) |
कैफियत | ||
१ | कल्याणकारी प्रकारका सेवाहरु अंग प्रत्यारोपणका लागि सिफारिस, खोज तलास तथा उद्दार सम्बन्धी कार्यको सिफारिस, घाइते तथा मृतकको क्षतिपूर्ति सम्बन्धी निवेदन वा अन्य यस्तै प्रकारका सेवाहरु | निःशुल्क | निःशुल्क | ||
२ | मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्क्षौता, सेवा सम्क्षौता वा अन्य यस्तै प्रकारका श्रम सम्बन्धी सेवाहरु, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु | १५० | |||
३ | बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजातहरु | १९० | |||
४ | अधिकृत वारेसनामा | ३७० | |||
५ | मागपत्रका सम्बन्धमा | क्र. सं. | श्रमिक संख्या | लाग्ने दस्तुर | मागपत्रसँग सम्बन्धित प्रति सेटका लागि |
क | १-२५ | ९२० | |||
ख | २६-१०० | ११०० | |||
ग | १०० भन्दा बढी | १२८० | |||
घ | मागपत्रसँग सम्बन्धित कागजात सच्याउनका लागि पुनः पेश गर्नु परेमा | ३७० | प्रति कागजात |
नेपाली राजदूतावास
अबुधावी संयुक्त अरव इमिरेट्स
बिहिवार, २१ अषाढ २०७५ तदनुसार ०५ जुलाई २०१८