नेपालीमा
संयुक्त अरब इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा बस्नुहुने नेपाली नागरिकहरूले आफ्नो पुरानो राहदानीको सट्टा विद्युतीय राहदानी लिन चाहेमा वा हाल लिएको पासपोर्टका पानाहरू प्रयोग भइसकेको वा झुत्रो भई प्रयोग गर्न नसकिने भएमा वा नासिए/हराएमा तल लेखिए बमोजिमका कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवुधाबीमा सम्पर्क राख्नुहोला ।
- राहदानी फाराम https://emrtds.nepalpassport.gov.np मा गएर भर्ने,
- हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रतिलिपि,
- युएईको भिषा भएको पानाको प्रतिलिपि एक,
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक,
- राहदानी दस्तूर २००.०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षति भएको पासपोर्टको हकमा ३००.०० दिरहाम दस्तुर लाग्ने छ (३४ पृष्ठको लागि)।
- राहदानी दस्तूर ४००.०० दिरहाम । तर हराएको वा नासिएको वा विभिन्न कारणले क्षती भएको पासपोर्टको हकमा ६००.०० दिरहाम दस्तुर लाग्ने छ (६६ पृष्ठको लागि)।
- निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।
यदि राहदानी हराएको भएमा थप कागजातहरू
- राहदानी जहाँ हराएको हो त्यो क्षेत्रको प्रहरी कार्यालयले दिएको प्रतिवेदन,
- कम्पनीले हराएको भएमा कम्पनीको एक पत्र समेत
यदि युएईमा जन्मेको बच्चाको लागि भएमा आवश्यक कागजातहरू
- युएईको Health Authority बाट जारी भएको जन्म दर्ता प्रमाणपत्र सक्कल र एक प्रतिलिपि,
(युएईको परराष्ट्र मन्त्रालयबाट प्रमाणित भएको हुनु पर्ने)
- बच्चाको बाबुआमा दुवैको राहदानीका प्रतिलिपिहरू,
- बच्चाको बाबुआमा दुवैको भिषाका प्रतिलिपिहरू,
- बच्चाको बाबुआमाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
- बच्चाको बाबुआमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू,
- बच्चाको पासपोर्ट साइजको फोटो थान-२
- राहदानी दस्तुर दि. १००.००
- अभिभावक स्वयं उपस्थित हुनुपर्नेछ ।
ध्यान दिनुपर्ने कुराहरूः
- फारामहरू भर्दा सवै विवरणहरू स्पष्टसंँग भर्नु अनिवार्य छ ।
- फाराम भर्दा ल्याप्चे लगाउने कोठाहरूमा र हस्ताक्षर गर्न नसक्ने कुनै पनि उमेरका निवेदेकहरूले केही पनि नलेखी मात्र × चिन्ह लगाउन सक्ने छन् ।
- कागजात पूरा नभएको वा रीतपूर्वक फाराम नभरेको पाइएमा त्यस्ता निवेदनमाथि कुनै कारवाही गरिने छैन ।
- राहदानी तयार भई नेपालबाट यस राजदूतावासमा आइपुग्ने समय निवेदन दर्ता भएको मितिले करीब १ महिना लाग्छ । तसर्थ, राहदानी बनेर आइपुगेको खबर राजदूतावासमा सम्पर्क गरेर वा दूतावासको Facebook/Website बाट थाहा पाउन सकिने छ र राहदानी लिन अनिवार्य रूपमा रकम तिरेको रसिद र पुरानो राहदानी लिएर निवेदक स्वयं उपस्थित हुनुपर्नेछ ।
- शनिबार, आइतबार र अन्य विदाका दिनहरू बाहेक हरेक दिन बिहान ०९.३० देखि दिउँसो १.०० बजेसम्म निवेदन पेश गर्न सकिने छ ।
- राहदानी सम्बन्धी विस्तृत जानकारी http://nepalpassport.gov.np बाट प्राप्त गर्न सकिने छ ।