महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व पारु - १

वितरणका लागि तयार राहदानी सूची__2025-10-21

यस दूतावासमा राहदानी नवीकरणका लागि प्राप्त आवेदनमध्ये हाल १२२४ राहदानी मात्र छपाई भई यस दूतावासमा प्राप्त हुन आएको छ।  

राहदानी बनाउने/नवीकण गर्ने आवेदकहरुको संख्या बढेकोले राहदानी विभागमा अत्यधिक कार्यचाप पर्न गई सबै राहदानी प्राप्त हुन नसकेको तथा केही ढिलाइ समेत भएको बेहोरा अवगत गराउँदै बाँकी आवेदकहरुको राहदानी यथाशीघ्र उपलब्ध गराउन राहदानी विभागसँग समन्वय भइरहेको जानकारी गराइन्छ।

साथै, राहदानीको म्याद सकिएको, राहदानीको पाना सकिएको, राहदानी हराएको, राहदानी damage भएको, नवजात शिशुको, कम्पनी परिवर्तन गर्नुपर्ने वा अन्य कुनै कारणले छिटो राहदानी आवश्यक पर्ने सेवाग्राहीले दूतावासमा WhatsApp मार्फत जानकारी गराउनु भएमा राहदानी विभागसँग समन्वय गरी यथाशीघ्र राहदानी उपलब्ध गराउन पहल गरिनेसमेत जानकारी गराइन्छ।