दूतावासको अनुरोध
अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने यूएइको Federal Authority for Identity and Citizenship (ICA) को “Protect Yourself By Modifying Your Status ” कार्यक्रम अन्तर्गत अवैधानिक बनेका आप्रवासीहरुलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था भएकोले यूएईमा गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध गरिन्छ ।
यस एमनेष्टीका फाइदाहरुः
- Immigration को जरिवाना मिनाहा हुने
- Ban नलागी यूएई छोड्न पाइने
- पुनः यूएई आउनको लागि प्रतिवन्ध (Permanent Ban) नलाग्ने
- दिरहाम ५०० सहित आवेदन दिएर नयाँ काम खोजी वैधानिक रुपमा यूएईमा रहन सकिने
- Six Month Jobseekers’ भिषाको लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेभसाइटमा Virtual Job Market मा दर्ता गर्न सकिने ।
धेरै सोधिएका प्रश्नहरु र तिनको जवाफ
प्रश्न नं १: आममाफि कसले पाउने ?
उत्तर: भिषाको अवधि सकिएर म्याद भन्दा बढी बसेका (Overstay) र कम्पनी छोडेर भागेका (Absconding) ब्यक्तिहरू यस आममाफीबाट लाभान्वित हुन सक्नेछन् ।
प्रश्न नं २: यो आममाफीबाट के फाइदा लिन सकिन्छ ?
उत्तर: यस व्यवस्था अन्तर्गत युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्क समेत मिनाहा हुनेछ। भविष्यमा युएइमा आउनको लागि हुने संभावित प्रतिवन्ध वाट समेत छूटकारा पाइने छ । साथै, युएईमै बस्न चाहनेहरूले काम खोज्नको लागि युएई सरकारले तोकेको ५०० दिरहाम शुल्क तिरी ६ महिनाको अस्थायी भिषा प्राप्त गर्न सकिने छ ।
प्रश्न नं ३: यो आममफिवाट युएइ मै काम खोजी वस्न चाहनेहरूको लागि के के कागजात आवश्यक हुन्छ?
उत्तर: वैध रुपमा काम गरी बस्नको लागि अवधी बाँकी रहेको राहदानी (Valid MRP) आवश्यक हुन्छ ।
प्रश्न नं ४: राहदानी नभएमा के गर्ने ?
उत्तर: राहदानी नभएमा यदी नेपाल फर्कने हो भने Travel Document बनाउन र यूएई मै काम खोजेर बस्न चाहने हो भने राहदानीको लागि आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि र Police Report लिएर दुतावासमा आउनु पर्ने छ ।
प्रश्न नं ५: आममाफीको लागि कहाँ कहाँ सम्पर्क गर्ने ?
उत्तर: यसको लागि पछिल्लो भिसा जुन इमिरेट्सवाट जारी भएको छ त्यही इमिरेट्समा रहेको Amnesty Service Centre मा सम्पर्क राख्नु पर्ने हुन्छ ।
अबुधावीको लागि
Immigration Office in Shahama
Immigration Office in Al Ain
Immigration Office in Al Gharbia in the Western Region of Abu Dhabi
दूवाइको लागि
Immigration Office in Al Aweer
अन्य इमिरेट्सका लागि भिषा लागेको इमिरेट्सको Main immigration office मा सम्पर्क राख्नुपर्ने हुन्छ ।
नोटः ६ महिनाको Job Seekers भिसा (अस्थायी भिसा ) सकिनै लाग्दा समेत काम नपाइएमा उक्त भिसाको अवधि सकिन १० दिन अगावै नेपाल फर्कनु पर्ने हुन्छ ।
अन्य जानकारीको लागि Federal Authority of Identity and Citizenship को Toll Free Hotline 80080 वा दूतावासको फोन नं 026344767 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास
अबुधावी संयुक्त अरव इमिरेट्स
मंगलबार, १५ श्रावण २०७५ तदनुसार ३१ जुलाई २०१८