नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकहरूको लागि युएर्इको भीषा
संयुक्त अरब इमिरेट्स सरकारले नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकलार्इ आगमनमा प्रवेशाज्ञा (Visa on Arrival) प्रदान गर्ने गरेको छैन । यस प्रकारका राहदानी वाहकहरूलार्इ युएर्इ सरकारले Special Entry Permit नामक प्रवेशाज्ञा मात्र जारी गर्ने गर्दछ ।
युएर्इ भ्रमण गर्ने कूटनैतिक र विशेष राहदानी वाहकहरूले अनिवार्य रूपमा अग्रिम प्रवेशाज्ञा लिनुपर्ने र यदि यस राजदूतावास मार्फत प्रवेशाज्ञा लिन चाहेमा निम्नानुसारको विवरणका साथ भ्रमण मितिको कमसेकम १५ दिन अगावै नेपालको परराष्ट्र मन्त्रालय मार्फत अनुरोध पठाउनु पर्ने हुन्छः
- कूटनैतिक वा विशेष राहदानीको रङ्गिन प्रतिलिपि थान १
- सेतो पृष्ठभूमीको पासपोर्ट साइजको रङ्गिन फोटो थान १
- पेशा र शैक्षिक योग्यता वारेको जानकारी
- वावुआमाको नाम थर
- भ्रमणको उद्देश्य (वैठक, सेमिनार आदि)
- युएर्इ आइपुग्ने मिति
युएर्इ सरकारले Special Entry Permit निःशुल्क जारी गर्ने भए तापनि आवेदन फाराम तोकिएको Typing Centre वाट मात्र अरबी भाषामा Type गराउनुपर्ने भएकोले त्यस वापतको दिरहाम ५०.०० र फोटो धुल्याउन खर्च हुने दिरहाम २०.०० समेत गरी जम्मा दिरहाम ७०.०० सरकारी पदाधिकारी भए पनि साधारण राहदानी वाहक निवेदकको लागि Special Entry Permit जारी नहुने व्यहोरा जानकारी गराइन्छ ।
साधारण राहदानी वाहकहरूले विदेशमा रहेका युएर्इका राजदूतावासहरू, युएर्इमा रहेका आफन्तहरू, आधिकारिक Travel Agent तथा अन्य कम्पनीहरू वा युएर्इका विमानसेवाहरू (इतिहाद, फ्लाइदुवर्इ, इमिरेट्स, एअर अरेविया र राक) मार्फत युएर्इको प्रवेशाज्ञा प्राप्त गर्न सक्ने व्यहोरा पनि जानकारी गराइन्छ ।