UAE Visa for diplomatic & special passport holders


नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकहरूको लागि युएर्इको भीषा

संयुक्त अरब इमिरेट्स सरकारले नेपालको कूटनैतिक र विशेष (Official) राहदानी वाहकलार्इ आगमनमा प्रवेशाज्ञा (Visa on Arrival) प्रदान गर्ने गरेको छैन । यस प्रकारका राहदानी वाहकहरूलार्इ युएर्इ सरकारले Special Entry Permit नामक प्रवेशाज्ञा मात्र जारी गर्ने गर्दछ ।

युएर्इ भ्रमण गर्ने कूटनैतिक र विशेष राहदानी वाहकहरूले अनिवार्य रूपमा अग्रिम प्रवेशाज्ञा लिनुपर्ने र यदि यस राजदूतावास मार्फत प्रवेशाज्ञा लिन चाहेमा निम्नानुसारको विवरणका साथ भ्रमण मितिको कमसेकम १५ दिन अगावै नेपालको परराष्ट्र मन्त्रालय मार्फत अनुरोध पठाउनु पर्ने हुन्छः

  1. कूटनैतिक वा विशेष राहदानीको रङ्गिन प्रतिलिपि थान १
  2. सेतो पृष्ठभूमीको पासपोर्ट साइजको रङ्गिन फोटो थान १
  3. पेशा र शैक्षिक योग्यता वारेको जानकारी
  4. वावुआमाको नाम थर
  5. भ्रमणको उद्देश्य (वैठक, सेमिनार आदि)
  6. युएर्इ आइपुग्ने मिति

युएर्इ सरकारले Special Entry Permit निःशुल्क जारी गर्ने भए तापनि आवेदन फाराम तोकिएको Typing Centre वाट मात्र अरबी भाषामा Type गराउनुपर्ने भएकोले त्यस वापतको दिरहाम ५०.०० र फोटो धुल्याउन खर्च हुने दिरहाम २०.०० समेत गरी जम्मा दिरहाम ७०.०० सरकारी पदाधिकारी भए पनि साधारण राहदानी वाहक निवेदकको लागि Special Entry Permit जारी नहुने व्यहोरा जानकारी गराइन्छ ।

साधारण राहदानी वाहकहरूले विदेशमा रहेका युएर्इका राजदूतावासहरू, युएर्इमा रहेका आफन्तहरू, आधिकारिक Travel Agent तथा अन्य कम्पनीहरू वा युएर्इका विमानसेवाहरू (इतिहाद, फ्लाइदुवर्इ, इमिरेट्स, एअर अरेविया र राक) मार्फत युएर्इको प्रवेशाज्ञा प्राप्त गर्न सक्ने व्यहोरा पनि जानकारी गराइन्छ ।