प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी जरुरी सूचना
प्रमाणीकरण दस्तुर पुनः संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।३१ को निर्णयको अनुसूची- २ समूह (ख) बमोजिम यस दूतावासबाट प्रमाणीकरण गरिने निम्न कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
क्र.सं | कागजातको प्रकार | प्रमाणीकरण दस्तुर प्रति कागजात
(दिरहाममा) |
१. | शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विधार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरु | २० |
२. | श्रम गन्तव्य मुलुकहरुमा रहेका श्रमिकहरुलाई व्यक्तिगत रुपमा आवश्यक पर्ने साधारण प्रकृतिका सिफारिसहरु | ४० |
नेपाली राजदूतावास
अबुधावी संयुक्त अरव इमिरेट्स
आइतबार, ०६ श्रावण २०७५ तदनुसार २२ जुलाई २०१८