Press Release regarding New Website of the Embassy

राजदूतावासको नयाँ वेवसाइट प्रयोगमा ल्याइएको सम्बन्धी

प्रेष-विज्ञप्ती

 

नेपाली राजदूतावास, अबुधावीले नेपाल सरकारको आधिकारिक डोमेन .gov.np मा आफ्नो नयाँ वेवसाइट सञ्चलन गर्न शुरू गरेको छ । साविकमा रहेको वेवसाइट www.nepalembassyuae.org विस्थापित गरी सो को सट्टामा अबदेखि दूतावासको नया वेवसाइट ae.nepalembassy.gov.np कायम भइ प्रयोगमा आएकोले दूतावासबाट प्रदान गरिने सेवा/सुविधा, सूचना/सन्देश तथा  अन्य गतिविधिहरू यसै वेवसाइटमा अध्यावदिक गरिएको तथा आवश्यकता अनुसार नियमित गरिनेछ । साथै, पुरानो डोमेन अन्तर्गतको वेवसाइटलाइ नयाँ डोमेनममा स्वतः खुल्नेगरी रि-डाइरेक्ट गरिएको व्यहोरा समेत यसै विज्ञप्तीमार्फत सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

 

नेपाली राजदूतावास
अबुधावी, युएइ

२८ जेष्ठ २०७४ तदनुसार ११ जुन २०१७

press relese-website change