BGC Webinar on Higher Education

विश्वका विभिन्न देशहरूमा कार्यरत नेपाली विज्ञहरूको पहिचान गर्ने, अभिलेख राख्ने, कदर गर्ने र देश विकासका विभिन्न क्षेत्रहरूसँग जोड्दैँ उहाँहरूको प्रतिभाको सदुपयोग गर्न सहजीकरण गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय अन्तर्गत Brain Gain Center सञ्चालनमा रहेको छ ।
युएइमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, श्रम, कानून, वातावरण संरक्षण, शहरी विकास, खानेपानी, उर्जालगायतका अन्य विविध क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तिहरूले https://mofa.gov.np/bgc/ लिङ्कमा गई उक्त Center मा आबद्ध हुन अनुरोध गर्दछौँ ।
साथै उक्त Centre ले आगामी २१ सेप्टेम्बर २०२० का दिन नेपाली समय विहान ८ बजे “Exploring Potentials of Diaspora-Local Collaboration in Nepal’s Higher Education” विषयमा Webinar आयोजना गर्ने भएको छ । उच्च शिक्षा क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तिहरूले उक्त Webinar मा सहभागी भई आफ्नो ज्ञान एवं अनुभव बाड्नुहुन अनुरोध गर्दछौँ ।
उक्त Webinar सम्बन्धी विस्तृत विवरण तलको लिङ्कमा उपलब्ध छ ।