Documents Attestation Fees

Documents attestation fees with effect from 17 July 2018

प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी जरुरी सूचना

प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५।०३।१५ को निर्णयको अनुसूची- २ समूह (क) बमोजिम आर्थिक वर्ष २०७५।०७६ को श्रावण १ गतेदेखि लागू हुने गरी यस दूतावासबाट प्रमाणीकरण गरिने कागजातहरुमा निम्न बमोजिमको दस्तुर लाग्ने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

क्र.सं.                                   कागजातको प्रकार प्रमाणीकरण दस्तुर प्रति कागजात

(दिरहाम मा)

कैफियत
कल्याणकारी प्रकारका सेवाहरु अंग प्रत्यारोपणका लागि सिफारिस, खोज तलास तथा उद्दार सम्बन्धी कार्यको सिफारिस, घाइते तथा मृतकको क्षतिपूर्ति सम्बन्धी निवेदन वा अन्य यस्तै प्रकारका सेवाहरु निःशुल्क निःशुल्क
मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्क्षौता, सेवा सम्क्षौता वा अन्य यस्तै प्रकारका श्रम सम्बन्धी सेवाहरु, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु १५०  
बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई/सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका अन्य कागजातहरु १९०  
अधिकृत वारेसनामा ३७०  
मागपत्रका सम्बन्धमा क्र. सं. श्रमिक संख्या लाग्ने दस्तुर मागपत्रसँग सम्बन्धित प्रति सेटका लागि
१-२५ ९२०
२६-१०० ११००
१०० भन्दा बढी १२८०
मागपत्रसँग सम्बन्धित कागजात सच्याउनका लागि पुनः पेश गर्नु परेमा ३७० प्रति कागजात

 

नेपाली राजदूतावास

अबुधावी संयुक्त अरव इमिरेट्स

 

बिहिवार, २१ अषाढ २०७५ तदनुसार ०५ जुलाई २०१८