Press Release regarding Electronic Citizen Charter

प्रेष-विज्ञप्ती

 

नेपाली राजदूतावास, अबुधावीले दूतावासबाट प्रदान गरिने सेवाहरू, सुविधाहरू, सेवा-शुल्कहरू तथा सेवा लिन आउँदा आवश्यक पर्ने कागजातहरूको विवरणका साथै विभिन्न सूचनामुलक सन्देशहरू आफ्नो वेवसाइट, आधिकारिक फेसबुक पेज, ट्वीटर अकाउन्ट तथा सुचना-पाटी मार्फत समय-समयमा सेवाग्राहीलाइ जानकारी गराउँदै आइरहेकोमा आइतवार, 21 जेष्ठ 2074 तदनुसार 4 जुन 2017 देखि दूतावासको प्रतिक्षालयमा विद्धुतिय नागरिक बडापत्र (Electronic Citizen Charter) मार्फत सेवाग्राहीहरूलाइ सूचना प्रवाह  गर्न शुरूवात गरिएको व्यहोरा यसै विज्ञप्तीमार्फत सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

 

नेपाली राजदूतावास
अबुधावी, युएइ

२१ जेष्ठ २०७४ तदनुसार ४ जुन २०१७