संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपालीहरूको विवरण संकलन सम्बन्धी सूचना

संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपालीहरूको विवरण संकलन सम्बन्धी सूचना

विश्‍वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रकोपबाट संयुक्त अरब इमिरेट्समा बसोबास गरिरहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सामना गर्नुपरेको असहज परिस्थितिमा आवश्यक सहयोग एवं समन्वय गर्ने कार्यमा यस राजदूतावास निरन्तर प्रयत्‍नशील रहेको छ। यस महामारीबाट युएइस्थित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका कोरोना भाइरस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि यस राजदूतावासले नेपाल सरकार र युएइ सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय एवं सहजीकरणलगायतका कार्यहरू गर्दै आएको छ ।
यस परिस्थितिमा तपाईँहरूले विभिन्न माध्यमबाट यस राजदूतावासमा टिपाउनुभएका समस्याहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गरी समस्या समाधानका लागि राजदूतावासले आवश्यक पहल गर्दै आएको व्यहोरा सबैलाई विदितै छ । यस कार्यलाई अझ व्यवस्थित एवं प्रभावकारी रूपमा सम्पादन गर्ने उद्देश्यले युएइमा रहनुभएका नेपाली नागरिकहरूको वैयक्तिक विवरण संकलन गर्न यस राजदूतावासको आधिकारिक वेभसाइट (ae.nepalembassy.gov.np) वा निम्‍नानुसारको लिङ्कमा उपलब्ध फाराम भरी पेस गर्नुहुन यस राजदूतावास अनुरोध गर्दछ ।

Registration Form for Nepali Nationals in the UAE

नेपाली राजदूतावास
अबुधाबी

२०७७ वैशाख १६