राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।

इद अल फित्रको अवसरमा आइतवार,२४ मे २०२० (तदनुसार २०७७ जेठ ११) का दिन नेपाली राजदूतावास, अबुधाबी बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । It is hereby informed to all the concerned that the Embassy of Nepal, Abu Dhabi will remain closed on Sunday, 24 May 2020 on the occasion of Eid Al Fitr. नेपाली राजदूतावास, अबुधाबी, संयुक्त

राहदानी तयार भइ आएको सम्बन्धी सूचना ।

२ जनवरी २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना । यस दूतावासमा २ जनवरी २०२० (१७ पुस २०७६) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । ५ माघ

सूचना

सूचना संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा  कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासु, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिँदै आएको No Objection Certificate (NoC) भोलि मिति २०७६।०३।३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ । नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट्स आइतबार, २९

नेपाली राजदूतावास बन्द रहने सम्बन्धी सूचना

सूचना माघे सक्रान्तिको उपलक्ष्यमा २०७५ माघ ०१ गते मंगलबार तद्अनुसार १५ जनवरी २०१९ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छ । ————————————————————————– Please be informed that the Embassy will remain closed on Tuesday, 15 January 2019 on the occasion of Maghe Sakranti. ————————— नेपाली राजदूतावास अवुधावी मितिः २०७५/०९/२९