११ मे २०२० सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आएको सम्बन्धी सूचना ।

यस दूतावासमा ११ मे २०२० ( २०७७ वैशाख २९) सम्म आवेदन दिने सेवाग्राहीहरूको राहदानी तयार भई दूतावासमा आइपुगेको हुँदा राहदानी संकलनका लागि पुरानो सक्कल राहदानी र रसिदसहित कार्यालय समयभित्र दूतावासमा स्वयं उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । नेपाली राजदूतावास, अबुधाबी । २०७७ असार ४ ।

Registered to return Nepal

यस राजदूतावासले २८ अप्रिल २०२० देखि संकलन गर्न थालेको कोभिड-१९ महामारीका कारण युएइबाट नेपाल फर्कन चाहने नेपालीहरूको विवरण सार्वजनिक गरिएको छ । आफ्नो नाम राहदानी नम्बर (Passport No.) राखी हेर्न सकिनेछ ।

राजदूतावास बन्द रहने सम्बन्धी सूचना ।

इद अल फित्रको अवसरमा आइतवार,२४ मे २०२० (तदनुसार २०७७ जेठ ११) का दिन नेपाली राजदूतावास, अबुधाबी बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । It is hereby informed to all the concerned that the Embassy of Nepal, Abu Dhabi will remain closed on Sunday, 24 May 2020 on the occasion of Eid Al Fitr. नेपाली राजदूतावास, अबुधाबी, संयुक्त

राजदूतावास बन्द रहने सम्बन्धी सूचना।

सूचना इद अल फित्रको अवसरमा आइतवार,२४ मे २०२० (तदनुसार २०७७ जेठ ११) का दिन नेपाली राजदूतावास, अबुधाबी बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । NOTICE It is hereby informed to all the concerned that the Embassy of Nepal, Abu Dhabi will remain closed on Sunday, 24 May 2020 on the occasion of Eid Al Fitr. नेपाली राजदूतावास,

संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपालीहरूको विवरण संकलन सम्बन्धी सूचना

संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपालीहरूको विवरण संकलन सम्बन्धी सूचना विश्‍वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रकोपबाट संयुक्त अरब इमिरेट्समा बसोबास गरिरहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सामना गर्नुपरेको असहज परिस्थितिमा आवश्यक सहयोग एवं समन्वय गर्ने कार्यमा यस राजदूतावास निरन्तर प्रयत्‍नशील रहेको छ। यस महामारीबाट युएइस्थित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका कोरोना भाइरस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि यस राजदूतावासले

युएइमा कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा विविध महत्वपूर्ण जानकारी

युएइमा कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा विविध महत्वपूर्ण जानकारी विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) संक्रमणका सम्बन्धमा नेपाल सरकार र युएइ सरकारका सम्बद्ध निकायहरूले जारी गरेका निम्नानुसारका महत्वपूर्ण सूचनाहरू सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । युएइमा संक्रमणको पछिल्लो आधिकारिक तथ्याङ्क युएइको Ministry of Health and Prevention का अनुसार सन् २०२० को अप्रिल १६ सम्म युएइमा कोरोनाभाइरसबाट संक्रमितको जम्मा संख्या ५८२५

युएइमा रहनुभएका नेपाली दाजूभाइ तथा दिदीबहिनीहरूको जानकारीको लागि

युएइमा रहनुभएका नेपाली दाजूभाइ तथा दिदीबहिनीहरूको जानकारीको लागि युएइ सरकारले कोरोनाभाइरस (COVID-19) का कारण हाल हवाइ तथा स्थलमार्ग बन्द गरेको अवस्थामा युएइको आवासीय भिसा समाप्त भई र भिजिट भिसामा आई फर्कन नसकेकाहरूका लागि १ मार्च २०२० बाट तीन (३) महिना उक्त भिसाहरू नि:शुल्क नवीकरण हुने प्रावधान ल्याएको छ । यसका लागि Amer Call Center को टेलिफोन नम्बर 8005111, 043139999, 045011111